काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा एउटा क्याफे । त्यसमा एक जना किशोर छन् जसको कोही सहारा छैन । न आमाबुवा साथमा छन्, न आफन्त त्यही माथि पनि दैवले उनलाई निकै अन्याय गरेको छ । उनको एउटा खुट्टा समेत छैन । कोही आफन्त नहुँदा जीवन जिउन कति कठिन हुन्छ होला त्यस माथि उनको यस्तो अवस्था । उनी हुन् सुनिल लिम्बु ।

गाउँमा सानो छँदा उनलाई फुटवल खेल निकै मन परथ्यो । साथीभाईसंग फुटवल खेल्थे । धनकुटाका सुनिल साथीभाईसंग गाउँमा फुटवल खेल्दा चोट लाग्यो । साथीले धकेलेर लडेका उनीमाथि फेरी माथिवाट आएको ढुंगाले खुट्टा च्याप्यो । त्यही ढुंगाले उनको एउटा खुट्टा नै लगिदियो । सहारा विहिन सुनिललाई आफ्नै शरिरले पनि साथ छोड्यो । उपचार पछि उनी बाँचे तर उनको एउटा खुट्टा भने संधैको लागि गुम्यो ।

तर पनि जिवन त चलाउनै पर्यो त्यसैले धनकुटावाट काठमाडौं आएर एउटा क्याफेमा वेटरको काम गर्छन । एउटा खुट्टामा बैशाखीको सहाराले आफ्नो सबै काम गर्छन । उनलाई सानैमा हजुरआमाले पालेकी थिइन् । ति हजुरआमाले बाल्यकालमा सहारा दिइन् । उनीसंग अनौठो कला छ । अभिनय राम्रो गर्न सक्छन्, चित्रकला राम्रो बनाउँछन् । तर उनलाई अवसरको खाँचो छ । उनलाई सहयोग गर्न र अवसर दिन भने कोही आएको छैन । हेरौं उनको प्रतिभा भिडियोमा ।

तपाईको प्रतिक्रिया