गायक प्रमोद खरेल पोखरेलीमाझ एकल रुपमा प्रस्तुत हुँदैछन् । ‘पोखरामा प्रमोद खरेल’ शिर्षक दिएर आयोजक एभिन्यू ग्रुप अफ कमर्शले खरेललाई विशेष रुपमा पोखरेलीमाझ पस्कन लागेको हो । आयोजक कम्पनीले मंगलबार पोखरामा पत्रकार भेटघाट गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको छ ।

प्रमोद खरेललाई मूख्य रुपमा फिचर गरि अन्य केहि सहयोगी कलाकारहरुलाई समेत आयोजकले पोखरेलीमाझ पस्किँदैछ । ‘यो लेभलले गायक खरेल दर्शक र स्रोतामाझ प्रस्तुत हुन लागेको यो पहिलो पटक नै हो । त्यसैले यो कार्यक्रमलाई ऐतिहासिक रुपमा लिएका छन् ।

‘पोखरामा प्रमोदको क्रेज भएको हामीले पाएका छौँ । दर्शक र स्रोताको साथ पाउनेमा पनि हामी ढुक्क छौँ, बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने ।’ यो इभेन्टका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । पोखरा सभागृहमा चैत २२ गते साँझ ४ बजेदेखि हुने विशेष कार्यक्रममा गायक खरेलसँगै गायिका मिना निरौला, हास्यब्यंगकार मनोज गजुरेलको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया