काठमाडौं, ५ चैत । काभ्रेमा नेकपाको विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

घटनामा दुई जना विप्लवका कार्यकर्ता पक्राउ परेको प्रारम्भिक जानकारी आएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । घटनाको थप विवरण आउदै छ ।

तपाईको प्रतिक्रिया