माेरङ्गकाे उर्लाबारी अस्थाई बसाेवास भएका सितल राईकाे जिवत जसाे तसाे गर्दै चलेकै थियाे । ३ छाेरी र श्रीमती खुसी थिए र छाेरीहरुलाई डाक्टर बनाउने सपना थियाे तर सितलकाे जिवनमा पुस १८ गते कालाे दिन भएर आयाे । उन्लाई काल बनेर एब माेटरबाईकले नराम्राेसंग ठकर दियाे र आज उनकाे टाउकाेकाे आघ खाेपडी छैन् ।

उनी भन्छन स्वर्ग तिर जाँदै थिए उठदा हस्पिटलकाे बेडमा थिए । केही समय अघि विदेश बसी थाेरै धन कमाएर नेपालमै केही गर्छु भनी फर्केका सितलकाे आज याे हालत छ । दुर्घटना भएकाे धेरै समयपछी बाेल्न सुरु गरेका सितलले हाेस खुलेपछी श्रीमतीलाई चिन्ता नगर ठिक भएपछी म पाल्छु भनेर कापीमा लेखेका रहेछन् ।

ठूलाे छाेरीलाई बहिनीहरुकाे ख्याल राख्नु भन्छन रे । आर्थीक अभावकाे कारणले आफ्नै खाेपडी लगाउन पाएका छैनन् सितलले । विर्तामाेडकाे बि एन सी अस्पतालमा उन्काे खाेपडी राखीएकाे छ । सीतलकाे परीवारमा घर धान्ने उ मात्र थिए । आज उस्काे परीवार धेरै ठूलाे रीणमा डुबेकाे छ र आर्थीक अभावका कारण शरीरपनी अधुर अपुराे छ ।

तपाईको प्रतिक्रिया