काठमाडौं, ६ चैत । राजधानका चोक चोकमा ‘प्रहरी मेरो साथी’ भनेर बोर्ड टाँसिएको छ । तर, व्यवहार भने ‘प्रहरी मेरो शत्रु’ खालको छ ।

शुक्रबार बेलुका दरबारमार्गमा भएको एउटा घटनाले बास्तवमै प्रहरीको व्यवहार शत्रुको भन्दा कम छैन भन्ने प्रष्ट भएको छ । दरबारमार्गमा एआईजीकै छोरालाई प्रहरी अधिकारीहरुले चरम दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् ।

मदिरा पिएर हो हल्ला गरेको आरोपमा ४ नम्बर प्रदेशका एआईजी कमलसिंह बमका छोरालाई दरबारमार्ग वृत्तले पक्राउ गरेको थियो । सामान्य वादविवादको विषय थियो । सञ्चयकोष भवन अगाडिबाट प्रहरीले उनलाई पक्राउ गरेर दरबारमार्गवृत्त पुर्यायो । विवादपछि छानबिनको लागि प्रहरी कार्यालय लैजानु सामान्य थियो । तर, त्यसपछि उनीमाथि भएको व्यवहार भने असामान्य थियो । पक्राउ परेपछि उनले आफु एआईजीको छोरा भएको बताए । तर, पनि प्रहरीले उनीमाथि कुट्न छाडेनन् ।

वृत्तका इन्सपेक्टरले नै उनीमाथि कुटपिट गरे । केही गल्ती नहुँदाएआईजीका छोरामाथि यसरी प्रहरी कार्यालयमा लगेर कुटिन्छ भने सर्वसाधरणको के अवस्था छ । यो घटनाले प्रहरीको व्यवहारको विषयमा गम्भीर प्रश्न उठेको छ ।

एआई जयबहादुर भन्दलाई समेत यो कुरा चित्त नबुझेपछि उनले छानबिन समिति गठन गरेका छन् । दृष्टि साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया