काठमाडौं, ६ चैत । सरकारले नेपाल प्रहरीमा व्यापक हेरफेरको तयारी गरेको छ । लामो समयदेखि रोकिएको सरुवा बढुवालाई अघि बढाउने तयारी गृहमन्त्रालयको छ । प्रहरीमा डिआईजीलगायत दर्जनौं पदहरु रिक्त छन् । यही हप्तादेखि प्रहरीम बढुवा प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले बढुवाको तयारी थाल्न प्रहरी महानिरिक्षक प्रकाश आर्याललाई निर्देशन दिएका छन् ।

छोरोको ब्रतबन्त्र सम्बन्धी कार्यक्रम सिध्याएर मंगलबारदेखि काममा फर्कन लागेका आईजिपी अर्याल अवकाश हुने बेला आफ्ना केही व्याक्तिहरुलाई बढुवामा पार्ने प्रयासमा छन् ।

सबै पदमा उनले एकपटक बढुवा गरेपनि सईबाट इन्सपेक्टर बढुवा सकेनन् । २ वर्षअघिदेखि सईबाट इन्सपेक्टरमा बढुवा हुन सकेको छैन । त्यस्तै जागिर खाएको २० वर्ष हुँदा पनि कम्प्युटरतर्फका सईहरुले बढुवा पाएका छैनन् ।

त्यस्तै विभिन्न जिल्लाका इन्चार्जहरुको समेत सरुवाको तयारी भइरहेको छ । जिल्ला इन्चार्ज हुने एसपी र डीएसपीहरुको हेरफेर तयारी भइरहेको छ । प्रहरीमा यो सरकारको पहिलो निर्णय हुने भएकोले यसलाई धेरै चासोका साथ हेरिएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया