काठमाडौं । केटाले विवाह अघि जोडसँग कुटाई खानुपर्ने परम्परा कहिल्यै देख्नु वा सुन्नु भएको छ ? हाम्रोतिर विबाहमा सबैको माया आदर र सत्कार पाइन्छ । तर दक्षिण अमेरिकी देश पेरुमा विवाह समारोहअघि बेहुलाले कुटाई खानुपर्ने परम्परा चर्चामा छ ।

युवक कुनै प्रतिकार नागरि लौरोको मार खप्न आफ्नो पिठ्युँ थापिरहनुपर्छ । आज हामीले तयार गरेको समाचारमा पनि सोही ििभडयोमा तपाईहरुलाई देखाउँदैछौँ । जहाँ बेहुला कुट्ने यो परम्परा निकै धुमधामसँग मनाइएको देख्न सकिन्छ ।

यसरी बिहे अगाडि कुटाइ खानाले बेहुलाले बिहेपछि आइलाग्ने सबै खालका समस्यासँग जुध्नसक्ने भन्ने विश्वासका साथ बेहुलालाई यसरी राम धुलाई गर्ने गरिन्छ । सोसल मिडियामा एउटा भिडियो भाइरल भएको यो भिडियोमा एक युवतीले युवकलाई लौरोले जोडसँग पिटिरहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया