काठमाडौं । पछिल्लो समयको हिट जोडी हो नायिका प्रियंका कार्की र आयुष्मान देशराजको । पछिल्लो केही समयदेखि प्रेममा रहेको यो जोडीको विषयलाई नै लिएर चलचित्र ‘चङ्गाचेट’ बन्ने भएको छ ।

चलचित्र ‘कथा काठमाडौ’देखि सुरु भएको यी दुईको चलचित्र यात्रा अब निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्र ‘चङ्गाचेट’मा जोडिने भएको छ । कुनै समय दिदी भाई बताउँदै आएको यो जोडी एकएक प्रेम सम्बन्धमा कसिएपछि अहिले जोडी जम्दै चलचित्र बन्ने अवस्थामा पुग्यो ।

उक्त चलचित्रमा आयुष्मान देशराज जोशी, ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसीको मुख्य भूमिका रहने बताइएको छ । माधव वाग्लेको निर्माणमा बन्न लागेको यो चलचित्रका निर्देशक खनालले २५ लाख पारिश्रमिक लिए भन्ने चर्चाले यतिबेला फिल्म नगरी तातेको छ ।

तपाईको प्रतिक्रिया