काठमाडौ – प्रधानमन्त्री केपी शर्मा अाेलीकाे विशेष निर्देशनलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले कामकाे गतिलार्इ तीव्रता दिएका छन् ।

यसक्रममा गृहमन्त्री बादलले अाज दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । कसैलार्इ जानकारी नदिर्इ उनी एक्कासी विमानस्थलमा पुगेका थिए ।

गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । उनीहरू सबैलार्इ कारबाही गर्ने चेतावनी उनले दिएका छन् ।

गृहमन्त्री अकस्मात छड्केमा अाएकाे थाहा पाएपछि भने कर्मचारीकाे भागदाैड मच्चिएकाे थियाे । सबैले खाजा खान गएकाे बताएपछि उनले खाजा खाने समय १ देखि २ बजे हुनेमा यतिवेला किन कार्यकक्षमा नभएकाे भन्दै सबैलार्इ हप्काएका थिए ।

त्यसक्रममा उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरे ।

विमानस्थलमा दैनिक हजाराैँले सास्ती व्यहाेर्ने गरेकाे गुनासाे अाइरहेका वेला गृहमन्त्रीले छड्काे जाँच गरेका हुन् । उनले तत्काल सेवाहरूमा सुधार गर्न निर्देशन दिएका छन् ।

त्यसाे त अाज बिहानैदेखि उनी निरीक्षणमा निस्किएका थिए । बिहान उनले केन्द्रीय कारागार र सदरखाेर कारागारकाे अवलाेकन निरीक्षण गरेका थिए । हिजाे मात्रै प्रधानमन्त्री शर्माले सबै मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखलार्इ भेला गरी काममा प्रभावकारिता ल्याउन र एक एक मिनेटकाे सदुपयाेग गर्न विशेष निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया