काठमाडौ – गायिका सरस्वती लामा आफ्नो गायकीका लागि भन्दा बढि छाडापनका लागि चर्चित छिन् । स्टेज शोहरुमा उत्तेजक हर्कत र यूट्यूवमा ‘अश्लिल’ कुराकानीले गर्दा उनको बदनामी भइरहेको छ ।

हाल काठमाडौंमा रहेकी लामालाई हामीले सोध्यौं, कार्यक्रम नै रद्द हुने गरी स्टेजमा के उत्पात गर्नुभयो ?

उनले. यसमा आफू निर्दोष र अन्जान रहेको दावी गरिन् ।

‘मैले नराम्रो हर्कत गरेकी छैन । मैले गीत गाउँदा दर्शकहरुबाट हुटिङ आउनु सामान्य कुरा हो,’ उनले भनिन्, ‘यतिमै कार्यक्रम स्थगित गर्नुपर्ने थिएन ।’ ‘स्टेजमा आफ्नो ज्याकेट फुकाल्ने मेरो स्टाइल हो,’ उनले भनिन्, ‘तर, ज्याकेट फुकाल्दैमा म नाङ्गै भएकी थिइनँ ।’

सरस्वतीका अनुसार उनले ज्याकेट भित्र टिसर्ट र त्यसभित्र इनरवेयर लगाएकी थिइन् । तल छोटो हाफपाइन्ट लगाएकी थिइन् । सरस्वती गायन क्षेत्रमा आएको धेरै भएको छैन । दुई वर्षअगाडि उनले आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् । त्यसयता ३०-३५ वटा गीत उनले गाएकी छिन् । तीमध्ये प्राय रक प्याट्रनका छन् । केही आधुनिक र लोकगित पनि छन् ।

स्टेजमा उत्तेजक प्रस्तुतिका कारण विभिन्न महोत्सवहरुमा उनको राम्रै ‘डिमान्ड’ हुन्छ । विदेशमा पनि उनको डिमान्ड हुन थालेको छ । केही समयअघि हङकङ गएर फर्केकी उनी चाँडै मलेसिया जाने तयारीमा छिन् ।

यूट्यूवमा सरस्वतीका केही ‘अश्लिल’ अन्तरवार्ताहरु भेट्न सकिन्छ । एउटा अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘कलाकार हिट हुन कि पूँजी चाहिन्छ, कि ‘मु…’ चाहिन्छ ।’

यसरी अश्लिल शब्द बोलेको विषयमा प्रश्न गर्दा उनी भन्छन्, ‘मैले यथार्थ कुरा बोलेकी छु, कसैलाई अश्लिल लाग्यो भने नहेर्दा हुन्छ ।’

तपाईको प्रतिक्रिया