एजेन्सी । स्वर्गको टुक्रा भन्दा कम छैन संसारको सबैभन्दा सानो देश मध्येको एक मोनाको । भेटिकन सिटी पछिको दोस्रो सानो देश मोनाकोसँग सम्बन्धित कैयौँ यस्ता रोचक पक्षहरु छन् जसका बारेमा सुन्दा जो कोही पनि छक्क पर्छन् ।

जुन देश तपाईले पैदलै हिडेर पनि घुक्न सक्नुहुनेछ । जसको जनसंख्या काठमाडौँको एउटा गाविसको जति पनि छैन । फ्रान्सको काखमा रहेको यो सुन्दर शान्त देश मोनाको संसारको दोस्रो सानो मुलुक तीन तिरबाट फ्रान्स र एक तरिबाट समुन्द्रले घेरिएको छ ।

यो देशको कुल क्षेत्र केवल दुई वर्गमाइल छ । यहाँको कुल जनसंख्या ३८ हजार छ । जसको आफ्नै छुट्टै सेना नै छैन । सैन्य सुरक्षाका लागि फ्रान्ससँग सम्झौता गरिएको छ ।

तपाईको प्रतिक्रिया