नेपालगन्ज । बाँकेमा भारतबाट भित्र्ने प्रतिबन्धित बोइलर कुखुरा आयातमा प्रहरीले कडाइ गरेको छ । प्रहरीले सक्रियता बढाएसगै तस्करीहरु अतालिएका छन । कुखुरा व्यवसायीहरुले सीमामा रहेका प्रहरीलाई खुलासीमाबाट आउने भारतीय कुखुरा नियन्त्रण गर्न स्थलगतरुपमै ध्यानाकर्षण गराएपछि प्रहरीले कडाइ गरेको हो । सीमामा रहेका प्रहरी कार्यालयहरुले भारतबाट भित्र्ने बोइलर कुखुरा धमाधम बरामद गर्न थालेका छन् । केहि दिन अघि सम्म कुखुरा बरामतको अवस्था कम भएपनि अहिले दिनहुँ अबैध कुखुरा बरामत हुने गरेका छन । प्रहरीले धमाधम अबैध कुखुरा बरामत हुन थालेपछि बाँकेका कुखुरा व्यवसायि आसाबादि बनेका छन ।

भारतबाट लुकाई छिपाई नेपाल धित्राउन थालेपछि बाँकेका किसानहरु धरासाही बन्दै गएका थिए । सस्तो मुल्यमा भित्राइएको अबैध कुखुराले बाँकेको कुखुराको मासुको व्यापारलाई समेत ठुलो असर पु¥याएको छ । कुखुरा पालन गर्दा लगानी धेरै लाग्ने र विक्रि गर्दा भारतिय कुखुरा भित्रिने समस्याका कारण सस्तो मुल्यमा व्यापारीलाई विक्रि गर्न बाध्य हुन परीरहेको कुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष लाल बहादुर खत्रिले जनाए । मगलबार मात्र खजुरा गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा भेटिएका बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी राधापुरका इन्चार्ज मोहनकुमार भँडेलका अनुसार, एक कुइन्टल तौल बराबरको ४० वटा बोइलर तयारी कुखुरा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाइएको छ । चौकी इन्चार्ज भँडेलले सम्भावीत कुखुरा आयात हुने स्थानहरुमा गस्ति बढाइएको बताए । राति देखि नै प्रहरीको टोलि खुला नाका क्षेत्रमा तैनाथ भइरहेका छौ,‘ चौकी इन्चार्ज भँडेलले बताए ।’ क्वारेन्टाइन कार्यलयले मंगलबार नै उक्त कुखुरालाई बुझेर नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया