एजेन्सी । साउथ फिल्मका कमेडि किङ भनिने ब्रम्हानम्दनको कमाई निकै आर्कषक छ । अधिकांश साउथ फिल्ममा नछुट्ने यि कमेडी पात्रको चर्चा पछिल्लो समय झन् झन् बढ्दो छ । हजार भन्दा बढी फिल्ममा अभिनय गरिसकेका ब्रम्हानन्दन २४ घण्टामा ८ लाख भारु भन्दा धेरै कमाउने गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा गिनिज बुकमा आफ्नो नाम समेत लेखाएका छन्। थुप्रै अवार्ड र सम्मानहरु पाएका ब्रम्हानन्दन कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेपनि अहिले उनी विश्वले नै चिन्ने पात्रका रुपमा स्थापीत छन् । सुरुवातमा उनी एक निजी कम्पनीमा काम गर्थे र त्यहाँका मालिकहरुलाई हसाउँने काम गर्थे। र अन्तत उनी चलचित्रमा अत्यन्तै ब्यस्त हुन थालेपछि अहिले उनले घण्टामा लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया