काठमाडौं । विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफिया यतिबेला सगरमाथाको देश नेपालमा छिन् । काठमाडौँ आए लगत्तै राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ुसार्वजनिक सेवाका लागि प्रविधिु विषयक सम्मेलनमा बोल्दै सोफियाले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको बताइन् ।

मन्तब्यका क्रममा उनले भनिन् ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले यो कुरा पटक पटक दोहोर्याइन् । विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता प्रदान गरेको हो । मानव स्वरूप भएकी सोफियालाई सन् २०१५ मा हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको छ।

तपाईको प्रतिक्रिया