काठमाडौँ । युरोपियन युनियनले नेपालको खस आयू समुदायलाई आरक्षण नदिन भनेपछि बाबुराम भट्राईले आपत्ति जनाएका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत जबाफ दिँदै गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै बेश भन्दै इटको जवाफ पत्थरले दिएका छन् ।

डा.भट्टराईले ट्वीट गर्दै भनेका छन् ‘एउटा विदेशी नियोगले नेपालको कुनै जाति विशेषलाई ‘आरक्षण’ नदिनू भन्ने सुनियो हामी नेपाली जनता स्वयमले बनाएको संविधानमा कतै ‘आरक्षण शब्द छैन । त्यहाँ ‘समानुपातिक समावेसी प्रतिनिधित्व’ मात्र भएका बेला यो अपत्तिजनक कुरा हो ।

उनले ट्विटमा भनेका छन् गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश । हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले राजधानीमा निर्वाचन अनुगमनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा खस आर्यलाई दुब्र्यबहार गरेको भन्दै बाबुराम उनीहरुमाथी जाइ लागेका हुन् ।

तपाईको प्रतिक्रिया