काठमाडौँ । खस आर्यलाई आरक्षण समूहबाट हटाउन युरोपियन युनियनले दिएको सुझावबारे एमालेले पनि कडा आपत्ति जनाएको छ । युरोपियन युनियनले खस आर्यलाई आरक्षण समूहबाट हटाउन सुझाव दिएपछि नेपाली राजनीतिमा तरंग उत्पन्न भएका बेला एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले युरोपियन युनियनको टिप्पणीलाई दुभाग्र्यपूर्ण भनेका छन् ।

यसले नेपाली समाजको एकता र साम्प्रादयिक सदभावमा गम्भीर असर पार्ने भन्दै भट्टराईले आफ्नो निष्कर्ष फिर्ता लिन सुझाव समेत दिएका छन् । एमाले चर्चित नेता भट्राईले फेसबुकमा स्टाटस लेख्दै भनेका – ‘खस आर्यका सम्बन्धमा युरोपियन यूनियनको टिप्पणी दुर्भाग्यपूर्ण छ । यसले नेपाली समाजमा बन्दै गरेको जातीय एकता र साम्प्रदायिक सदभावमा गम्भीर असर पर्न सक्छ । स्वयम ईयुको नियतमाथि समेत प्रश्न उठ्न सक्छ । यो निष्कर्षलाई फिर्ता लिनु उसको विकल्प नभएको नेता भट्राईको तर्क छ । यसअघि नयाँ शक्तिका संयोजक एवंम पूर्व प्रधानमन्त्री पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि युरोपियन युनियनको उक्त सुझावप्रति आपत्ति जनाउँदै गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै बेश भन्दै इटको जवाफ पत्थरले दिएका थिए ।

तपाईको प्रतिक्रिया