एजेन्सी । बलिउड चर्चित स्टार अजय देवगन स्टारर ‘रेड’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । ‘रेड’ले मंगलबारसम्म ५० करोड भन्दा बढी आम्दानी गरेको भारतीय मिडियाले जनाएका छन् ।

‘रेड’ ३४ सय स्क्रिनमा रिलिज भएको छ । राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म भ्रष्टाचार विरूद्ध केन्द्रीत छ । फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा अजयसँगै इलियाना डिक्रुज, सौरभ शुक्ला र अमित सायलको मुख्य भूमिका छ ।

२०१८ मा रिलिज भएका फिल्ममध्ये ‘पद्मावत’ मात्र एउटा यस्तो फिल्म हो जसले अहिलेसम्मकै उच्च व्यापार गरेको छ ।

तपाईको प्रतिक्रिया