काठमाडौँ । राजधानीको एक रेष्टुरेन्टमा भीषण अगलागी भएको छ । काठमाडौँको सुन्धारास्थित सालिमार रेष्टुरेन्टमा बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो अण्डरग्राउण्डबाट निस्किएको हो । त्यहाँ प्रहरी र दमकलको सहायताले आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

यद्यपी आगोले भिषण रुप लिएसँगै अहिले आगो निभाउने प्रयास जारी रहेपनि आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगलागीको कारण पनि अझै पत्ता लागीसकेको छैन । प्रहरीले आगालागी बिद्युत सर्ट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया