काठमाडौँ – सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ ।

केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ ।

अागलागी भएको पसल सीटीसी  महल नजिकै रहेको छ ।  यद्यपी आगोले भिषण रुप लिएसँगै अहिले आगो निभाउने प्रयास जारी रहेपनि आगो अझै नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीको कारण पनि अझै पत्ता लागीसकेको छैन । प्रहरीले आगालागी बिद्युत सर्ट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । विस्तृत जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया