बीबीसी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्सल आर्ट खेलको खुबी उनमा धेरै देखिन्छ, त्यो हो छल र आक्रमकता ।

यस्तो छल र आक्रमता युक्रेनमा फौजी हस्तक्षेप गर्ने फैसला, २०१४ मा क्रिमियालाई रुसमा मिलाउने निर्णय र सिरियामा सरकार विरोधी विद्रोहीहरूमाथि बम वर्षाउने काममा प्रयोगक गरेको प्रष्ट देखिन्छ ।

पुटिनका ती फैसलाले कैयौँ पर्यवेक्षकलाई हैरान पारेको थियो । सिरियामा रुसको हस्तक्षेप गर्ने कुराले बसर अल हसदको सरकारलाई सहारा मिल्यो । ६५ वर्षीय पुटिनले रुसको शक्ति देखाउन कहिल्यै कन्जुस्याइँ गरेनन् र यस्तो गर्ने आफ्नो चाहना नै लुकाए ।

वर्षौंसम्म रुसलाई अमेरिका र नेटो देशहरूले नजरअन्दाज गरे तर एक पटक अमेरिकामा पुटिनका पुराना साथी येवगेनी प्रिगोेजहिनमाथि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लाग्यो ।

कष्टकर बाल्यकाल भ्लादिमिर पुटिनको बाल्यकाल लेनिनग्राद (अहिलेको सेन्ट पिर्टसबर्ग) मा यस्तो माहोलमा भएको थियो, जहाँ स्थानीय केटाहरूबीच मारकाट साधारण कुरा थियो । यीमध्ये कैयौँ केटा पुटिनभन्दा ठूला र धेरै सङ्ख्यामा हुन्थे । यही कुराले पुटिन जुडो सिक्न थाले । क्रेमलिनको वेबसाइडका अनुसार पुटिन आफ्नो स्कुलको पढाइ पूरा गर्नुभन्दा पहिला नै सोभियत गुप्तचर सेवामा समावेश हुन चाहन्थे ।

अक्टुबर २०१५ मा पुटिनले भनेका थिए, ५० वर्ष पहिला लेनिनग्रादका सडकहरूले मलाई एक नियम सिकाएका थिए । यदि लडाइँ हुने निश्चित छ भने पहिलो मुक्का प्रहार गर । त्यसको अर्थ के थियो भने रुसमा चरमपन्थीको हमला पर्खनुभन्दा राम्रो सिरियामा उनीसँग लड्नुपर्छ । पुटिन सडकमा लडाइँ गर्ने आवाराहरूले प्रयोग गर्ने शब्द बोलेको पनि सुनियो ।

चेचेन्यामा अलगाउवादी विद्रोहीविरुद्ध रुसी सेनाको कारवाहीको समर्थन गर्दै पुटिनले उनलाई ट्वाइलेटसम्म सफा गराउने कसम खाएका थिए ।

मुस्लिम बाहुल्य नर्थ ककेससको इलाकामा १९९९–२००० को समयमा ठूलो लडाइँले ध्वस्त भएको थियो । यसमा हजाराँै मानिस मारिएका थिए ।

पुटिनले जर्जियामा एक अर्को मोर्चा खोले । सन् २००८ मा रुसी सेनाले जर्जियाई सेनालाई लखेटे र अबकाजिया र साउथ असेटियामाथि कब्जा गरे ।

त्यो समयमा जर्जियाका तत्कालीन नेटा समर्थक राष्ट्रपति मिखाइल साकासविलीसँग पुटिनको कटुता बढेको थियो । यसबाट सोभियत सङ्घका पहिलेका घटक देशहरूमा पश्चिमी समर्थक नेताहरूसँग बदला लिन पुटिन तयार छन् भन्ने लागेको थियो । श्रोत – रातो पाटि

तपाईको प्रतिक्रिया