काठमाडौं – विश्वकै पहिलो नागरिकताप्राप्त रोबोट एवं मानवस्वरुपकी ‘सोफिया’लाई पहिलो पटक नेपाल भ्रमणको निम्तो आफूले गरेको दिपेन्द्र कँडेलले दावी गरेका छन् ।

आफूलाई राजनीतिज्ञ एवं युवा प्रवद्र्धकको रुपमा परिचित गराउँदै आएका उनले दुवई भ्रमणका क्रमममा सोफियालाई नेपाल भ्रमणको निम्तो आफूले गरेको भए पनि अहिले संयुक्त राष्ट्र संघीय संस्था यूएनडीपीले उनलाई नेपालमा ल्याएको खुशी लागेको बताए ।

कँडेलले भारतीय जनता पार्टीका नेता विजय जोशी र आफू दुवई भ्रमणमा गएको बेला सोफियासँग कुराकानी भएको र आफूले उनलाई नेपाल भ्रमणको लागि प्रस्ताव गरेको बताए । उनले भने, ‘मैले एक पटक नेपाल आउनुपर्छ भनेको थिए सोफियालाई । अहिले नेपाल भ्रमणमा ल्याएकोमा यूएनडीपीलाई धन्यवाद छ ।’

सोफियासँगको कुराकानीमा आफूले नेपालमा प्रविधिलाई माया गर्ने मानिस धेरै भएको बताएको कँडेलले सुनाए । उनले आफू पनि मेकानिकल इन्जिनियर भएकोले प्रविधिमा रुची रहेको, पुल्चोक इन्जिनियरिङ क्याम्पसको रोबोटले दिल्ली र इण्डोनेसिया भ्रमण गर्दा आफू पनि गएको सोफियालाई सुनाएको बताए ।

तपाईको प्रतिक्रिया