तनहुँ – तनहुँमा बस दुर्घटना भएको छ । तनहुँको भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगर रहेका छन् । उक्त बस रिसिङ गाउँपालिका ६ मैदानस्वाँरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त बस दुर्घटना हुँदा घाइते हुनेमा स्थानीय ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन्। प्रहरीका अनुसार घाइते भएकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

तपाईको प्रतिक्रिया