फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक भएको छ ।यस गीतमा चर्चित अभिनेत्रि झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको छ । चैत्र २९ बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’को ‘परान’बोलको दोस्रो गीत शुक्रबार सार्वजनिक गरिएको हो । यस गीतमा आशिष अबिरल र अन्जु पन्तको स्वर रहेको छ ।

त्यस्तै यस गीतमा आनन्द अधिकारीको शब्द रहेको छ । यस गीतको भिडियोमा अनमोल र सुहानाका साथमा नायक सलोन बस्नेतको अभिनय रहेको छ । फिल्म ए मेरो हजुर ३ मा भने अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रियलर राई र सरोज खानलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।यस फिल्मलाइ झरना थापाले निर्देशन गरेकी छिन् ।

तपाईको प्रतिक्रिया