एजेन्सी – चर्चित अभिनेता अक्षय कुमार अभिनित फिल्म केशरी’ हिजोबाट प्रदर्शनमा आएको छ ।यस फिल्मले पहिलो दिन देखि नै निकै राम्रो ब्यापार गरेको छ । यस फिल्म यस बर्षकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।फिल्म केशरी’ले पहिलो दिन २१ करोडको ब्यापार गरेको हो ।

सन् १८९७ मा भएको एक युद्धमा आधारित रहेर यस फिल्म तयार पारिएको छ । यस फिल्मलाइ अनुराग सिंहले निर्देशन गरेका हुन् । फिल्ममा नायिकाको रुपमा परिणीति चोपडाले अभिनय गरेकी छिन्। पहिलो दिनमा नै राम्रो ब्यापार गरेको यस फिल्म बक्स अफिसमा कमालको ब्यापार गर्न सफल हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया