धनगढी – सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । शुक्रवार दिउसो सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलन गरेका छन् । अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्।

चैत २ गते अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखा थापाको शुक्रबार मृत्यु भएको हो। चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते जन्डिस देखिएको थियो।शुक्रबार सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएको हो। शिशुलाई भने सेती अञ्चाल अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सुत्केरीका आफन्तले भने शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र एक्कैचोटी रेफर गरेको भन्दै आपत्ति जनाएका हुन्। अन्तिम अवस्थामा विरामीलाई रेफर गरेको आफन्तको आरोप छ । उनीहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया