काठमाडौं – भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका १२ बर्षका आयुष केसीले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । नेपालका १२ बर्षका आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने गर्छन् । अहिले आयुष केसी विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।

उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए।आयुष केसीले धमाकेदार प्रस्तुति दिएर फेरी एक पटक जज र दर्शकको मन जित्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया