काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ।हिजो प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।त्यसैगरी आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया