काठमाडौँ – रुकुममा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा रुकुम मुसीकोट नरपालिका–४ सोलाबाङका २८ वर्षीय नविन खड्का रहेका छन् । उनी रुकुम मुसीकोट नरपालिकामा रहेको स्थानीय कुलोमा मृत अवस्थामा फेला परेका छन् । खड्का घरनजिकै पानी लगाउने कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान कुलोमा शव देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खड्काले आइतबार राति अत्याधिक मदिरापान गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको र शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया