गत चैत ७ गतेका दिन बिहिबार दिउसो १० कक्षामा अध्ययनरत १५ वर्षीया मेरिया राना सोनाम एकेडेमीको गर्ल्स होस्टलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका थियो।रानाको परिवारले उनको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ। एसइइ नजिकिदै गर्दा बालिकाको हत्या भएको हो कि आत्महत्या हो भन्ने अहिलेसम्म यकिन भएको छैन । यसबिषयमा सत्यतथ्य बुझ्न हामी पिएनपी टिम आइतबार बालिका बस्ने होस्टेल पुगेका थियौ।

मेरिया बिहिबार बिहान १० बजेतिर टाउको दुख्यो भन्दै औषधि खाएर होस्टेलमा आराम गरिरहेको र उनले अरु छात्रालाई कक्षाकोठामा लिएर गएका केहि समयमा नै बालिकाले आत्माहत्या गरेको होस्टेल वार्डेनबाट खबर आएपछि सबै शिक्षक घटना स्थल आउदा उनि झुन्डिएको अवस्थामा फेला परेको मेरियाका कक्षाशिक्षक बताउछन् । अहिले सम्म पोस्टमार्टम रिपोर्ट नआएका कारण हत्या हो या आत्माहत्या हो भन्न सकिन्न उनले बताए। होस्टेलमा २८ जना छात्राहरु बसोबास गर्थे। अहिले होस्टेलमा बस्दा बालिकाहरुको दिमाखमा असर पर्नसक्छ भनि अहिले उनीहरुलाई घर पठाएको शिक्षक बताउछन्। । बालिका बिगत ७ बर्षदेखि होस्टेलमा बसेर अध्ययन गर्दै थिइन्।

होस्टेल वार्डेन एलिसा भन्छिन ‘घटना घटेको दिन बिहिबार बिहान ६ बजे सबै बालिका चिया खान आए। तर मेरिया आइनन्। साथीहरुलाई सोध्दा टाउको दुख्यो भनेर सुतेको छ भनेको थियो। बिरामी भएकी मेरियालाई मैले तातोपानि बिस्कुट खाना दिएकी थिए।’ १० बजेपछि अरु सबै छात्रा स्कुल गएको र केहि समयपछि खाना खानको लागि मेरियालाई बोलाउन भनि श्रीमान श्रीमती दुवै जना उनको कोठामा गएका थिए । तर निकै बेर ढोका ढक्ढकाउदा पनि उनले ढोका नखोलेपछि श्रीमानले भर्याङ्ग लगाएर हेर्दा बालिका झुण्डिएको अवस्थामा फेला परेको उनि बताउछिन।हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया