यस वर्ष एसईई दिइरहेका देशभरका कूल ४ लाख ७५ हजार ३ परीक्षार्थीमध्येकी एक हुन् सविता थापा । तर, उनी अरुजस्तै सामान्य अवस्थाकी परीक्षार्थी भने होइनन् । १६ वर्षीया सविताका दुवै हात ‘अधुरा’ छन् । अरुको जस्तो कलम च्याप्ने औंलाहरु छैनन् । दुवै हात कुहिनोभन्दा तल काटिएका छन् ।

उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन् । यसरी नै लेखेर एसईईसम्म आएकी हुन् । ४ वर्षअघिसम्म सविता सामान्य थिइन् । त्यतिबेला उनका दुवै हात र औँलाहरु सकुशल थिए । डाक्टर बन्ने सपना पालेकी तर सात कक्षामा पढ्दै गर्दा उनले आधा हात र औँलाहरु गुमाइन् । स्कुल ड्रेस सुकाउने बेला सवितालाई करेन्ट लागेको थियो ।

दुवै हातको आधा भागसँगै उनका जीवनका सबै सपनाहरु त्यही करेन्टले खोस्यो । तर, खगेन्द्र नवजीवन विद्यालयले सविताको सपनाहरु विस्तारै फर्काउन थाल्यो । त्यसैको परिणाम उनी काठमाडौंको चामुण्डा माध्यामिक विद्यालयमा एसईई दिँदैछिन् । एसईईपछि साइन्स पढ्ने चाहना छ उनको । त्यसैले एसईईको लागि खुब मेहनत गरेकी छिन् । दुवै हात र दुवै खुट्टा नभएका सबिता र रमेश SEE परिक्षामा | परीक्षा सेन्टरमा देखियो दर्दानक दृश्य…..

तपाईको प्रतिक्रिया