अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा फेसबुक लाइव बाटै अहिले सम्म १२५ चेली हरुको उद्दार गर्न सफल हुनु भएको छ। विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ ।विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’

आङकामी शेर्पा भन्नु हुन्छ : सामाजिक कार्यमा कामगर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत म सग जोडिदै हरदम निरन्तर साथदिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चान्छु। सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दु:ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ।

तपाईको प्रतिक्रिया