काठमाडौंको बिर अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् ।

उनको नाम फिलिप्स हो ।उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।

अर्काको देशमा अलपत्र परेका विदेशी नागरिकलाई स्वास्थ्य बनाएर उनको देश फर्काउने हाम्रो अभियानमा तपाईहरुको पनि साथको अपेक्षा गरेका छौं । हामी नेपालीहरु विदेशी भूमीमा यस्तो अवस्थामा रहँदा कति पीडा हुन्छ पक्कै पनि उनलाई पनि त्यस्तै पीडा भएको होला । हामी आफ्नै पीडा सम्झेर उनलाई सहयोगका लागि पहल सुरु गरेका छौं । तर तपाईहरुको सहयोगबिना हाम्रो प्रयासले मात्र सम्भव छैन । मुटु दरो गरेर हेर्नुहोस: वेलायती नागरिकको शरीरमा यति ठुलो प्वाल, प्वाल भित्रै किरै किरा | छोरीको रुवाबासी …..

तपाईको प्रतिक्रिया