काठमाडौँ – भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा दिइने भएको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिइने भएको हो । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी धेरैले ज्यान गुमाएका थिए । उक्त धेरै भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

उक्त विनाशकारी भूकम्पमा परी सुलिकोट गाउँपालिकामा मात्र १ सय ३० जनाको मृत्यु भएको थियो ।चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७२ साल वैशाख १२ गते गएको उक्त विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।

तपाईको प्रतिक्रिया