काठमाडौं । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसँगै यही चैत २८ गते (बुधबार)देखि ३० वर्षे उमेरहदका कारण २६ जना प्रहरी अधिकृतले नियमित अवकाश पाउँदैछन् ।

आईजीपी अर्यालसँगै १६ जना एआईजी, ९ जना डिआईजी र १ जना एसएसपी नियमित अवकाशमा जान लागेका नेपाल प्रहरीका प्रवक्ता नेउपानेले नेपालीपत्रलाई जानकारी दिए ।

आईजीपी अर्यालसँगै अवकाश पाउन लागेका डिआईजी गणेश केसीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस पोष्ट गर्दै आफू नियमित रुपमा ‘नेपाल प्रहरी सेवा’बाट निवृत हुन लागेको जानकारी गराएका छन् ।

केसीले विगत तीस वर्षको ‘प्रहरी जीवन’ले भोगेको अस्थिरता दुःख, कष्ट, विपती र निर्ममता आगामी कालखण्डले भोग्नु नपरोस भन्ने कामना समेत गरेका छन् ।

‘ठूलालाई ढोक्ने र सानालाई ठोक्ने’ प्रवृति विपरित अग्रजलाई आदर र जुनियरलाई स्नेह गर्ने व्यवहार शैलीकासाथ मेरो तीस बर्षे राष्ट्रसेवकको जीवन व्यतित हुँदैछ । राष्ट्र र राष्ट्रवासीप्रतिको कर्तव्यमा मन, वचन र कर्मले किञ्चित च्यूत भएको छैन भन्ने दावी सगर्व पेश गर्ने धृष्टता गर्दछु,’ केसीले फेसबुकमा लेखेका छन् ।

फेसबुकको अन्तमा केसीले चुनौतीपूर्ण एवं निर्मम कालखण्डमा समेत पारिवारिक दायित्व निर्वाह गरी मलाई कार्यक्षेत्रमा निर्धक्क काम गर्न हौसला दिने सबैलाई आभार व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘माताज्यू, धर्मपत्नी, भाईहरु तथा आफ्नो पढाईलेखाईमा ध्यान दिई मलाई निश्चिन्त राख्ने प्यारा छोरी छोराहरूप्रति समेत आभार हुँदै देश र देशवासीको सोजो चिताउने प्रण गर्दछु ।’

हेर्नुहोस् केसीको फेसबुक स्ट्याटस जस्ताको तस्तैः

तपाईको प्रतिक्रिया