अमेरिका । अमेरिकामा कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामाभर्जिनियामा मृत्यु भएको हो ।

२६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो। उनी अध्ययन सकेर व्यवसायमा संलग्न रहेका थिए। उनको नेपालको घर धादिड नीलकण्ठ नगरपालिका ५ जरेबर हो। मृतकका एक दाई आमा बुबा पनि लामो समयदेखि नै अमेरिकामा बस्दै आएको स्रोतले जनाएको । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने बताइएको छ । दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

तपाईको प्रतिक्रिया