काठमाडौँ — हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्।  हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् ।

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’

यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

 

प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । टाइटल अवार्डका विजेताहरुको नामाबली यसप्रकार छः

 

ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा

मिस फ्रेन्डसिपः साहारा लामा

मिस फोटोजेनिकः महिमा सिंह

मिस पक्चुअलः लक्ष्मी पौडेल

मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना

मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ

मिस कन्फिडेन्टः आस्था साख

मिस फ्याशिनोः श्रृङ्खला खतिवडा

मिस ग्ल्यामरः मनिता देवकोटा

मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी

मिस ट्यालेन्टः रोनाली अमात्य

ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

तपाईको प्रतिक्रिया