काठमाडौँ – आज बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो प्रतितोला ६० हजार ३ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज २ सय रुपैयाले घटेर ६० हजार १ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ८ सय रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्यमा ने कुनै परिवर्तन नआई प्रतितोला ७ सय ३० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया