काठमाडौँ — नेपाली प्रहरीका नवनियुक्त महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरिक्षक सैलेन्द्र खनाललाई गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव प्रेमकुमार राईले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षकको वरियतामा एक नम्बर रहेका खनाल र सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

निवर्तमान महानिरिक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण बुधबारबाट अवकाश पाए पछि डिअाईजीबाट खनाल सिधै महानिरिक्षकमा बढुवा भएका हुन्।

यस्तै सशस्त्रका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले पनि ३० वर्षे सेवा अवधीका कारण बुधबारदेखि नै अवकाश पाएका थिए।

तपाईको प्रतिक्रिया