काठमाडौँ — मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए। प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको ‘समृद्ध र सुखी नेपाल बनाउन तीन महत्वपूर्ण काम के गर्नु पर्ला ?’ शृङ्खलाले भनिन्, ‘ब्युरोक्रेसी व्यवस्थित बनाउनुपर्छ, युवा सशक्तीकरणमा जोड दिनुपर्छ र हामी गर्न सक्छौँ भनेर सबैले विश्वास गर्नुपर्छ ।’

यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाईको प्रतिक्रिया