काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋणभार रहेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको २०७४÷७५ को वार्षिक प्रतिवेदनमा यस वर्ष हरेक नेपालीको थाप्लोमा ७ हजार ४३ रुपैयाँ ऋण थपिएसँगै ३१ हजार ७ सय ५० रुपैयाँ ऋणभार पुगेको छ ।

यसअघि हरेक नेपालीको थाप्लोमा २४ हजार ७ सय ७ रुपैयाँ ऋण रहेकामा यस वर्ष ३८ हजार ७ सय ९३ रुपैयाँ ऋण पुगेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि शुक्रबार नै महालेखा परीक्षकको कार्यालय बबरमहलमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया