हेटौंडामा बैशाखदेखि सिटीबस सञ्चालनमा आउने भएको छ । छोटो दुरीमा आवतजावतको लागि अटो रिक्सा, टेम्पो तथा म्याजिकको प्रयोग गर्दै आएका नगरबासीले अब पहिलोपटक सिटी बसको सेवा लिन पाउने भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगर बस सेवा सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । नगरबासीलाई चाँडै सहज र सर्वसुलभ दरमा नगरबस सेवा दिन धमाधम काम भइरहेको उनले बताए ।

नगर क्षेत्रमा सानो सवारी साधनहरु अटो, इरिक्साबाट ट्राफिक जाम र भिडभाड भन्दै त्यसको बिकल्प र प्रतिष्पर्धीको रुपमा नगरबसले नगरबासीलाई सहज यातायात सेवा दिन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

केही व्यवसायी नगर बस सञ्चालनमा संलग्न हुन चाहेको भन्दै उनले तयार गरिसकेको कार्यविधि ड्राफ्टलाई नगरकार्यपालिकाले पास गरेपछि बस सञ्चालन गरिने बताए । बस सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइनेछ । भाडा निर्धारण र सञ्चालन कार्यविधिमा भने उपमहानगरपालिकाले सहजीकरण गर्नेछ ।

तपाईको प्रतिक्रिया