सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको अधिकारीहरूले बताएका छन्।

लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार घटनामा परेर ४ जनाको मृत्यु भएको छ।

नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ-हिलारी विमानस्थलमा भएको घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको बताए।

प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको थियो।  समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।

यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ। हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

तपाईको प्रतिक्रिया