शृंखला खतिवडा उनी नेपाली सौन्दरी प्रतियोगिता मिस नेपाल २०१८की विजेता हुन् । यो मिस नेपालको २३ औं संस्करण थियो । २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै उनी मिस नेपाल बनेकी हुन ।

द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् ।

यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

प्रतियोगितामा ‘मिस नेपाल युनिभर्स’ को उपाधि मनिता देवकोटाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले प्राप्त गरिन् ।

‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि रोनाली अमात्यले प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया