तनहुँ जिल्लामा ०२३ वैशाख १३ गते जन्मिएका सर्बेन्द्र खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए ।

त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरेका उनि २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका थिए ।

०६२÷६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो । जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।

तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए । दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैनय कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी ) गरे देश र जनताका पक्षमा रहेर काम गरेका छन् उनको यस कार्यकाल सफल र पुन सम्झन योग्य हुने छ।

ताजा अन्तर्वार्ताको भिडियो तल हेर्नुहोस

तपाईको प्रतिक्रिया