एजेन्सी । एक युवतीले प्रेमिकासँग भिडियो कल गर्दागर्दै फाँसी लगाएर लाइभ मृत्युवरण गरेपछि हंगामा मच्चिएको छ । घटना हो भारतको हैदरावादको ।

जहाँ प्रेमिकासँग भिडियो कल गरिरहेका साइबराबाद इलाका बस्ने २० वर्षीय डिप्लोमा पढ्ने अजमिरा सागरले फोन नकाटी फाँसीमा झुण्डिएर आत्महत्या गरेको देख्न सकिन्छ । जुन भिडियोले अहिले भाइरल रुप धारण गरिरहेको छ ।

भारतीय मिडियाहरुले यो समाचारलाई विशेष प्राथमिकता दिउर छापीरहेका छन् । जहाँ सागरले प्रेमिकासँग विवाद भएपछि मृत्युवरण गरेको बताइएको छ ।

आत्महत्यापछि घटनास्थल पुगेको प्रहरीकाअनुसार सागर त्यहाँ आफ्नी बहिनीसँग बस्दै आएका थिए । उनी झुण्डिएको देखेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिर आएपनि उनलाई बचाउन भने प्रहरीले बचाउन सकेन । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया