काठमाडौं । महंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ (नेपाली २८८ रूपैयाँ) सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सो समाचारमा जनाइएअनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाश छुने गरी अघि बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य पहिला नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो।

कराँची डेरी फार्म एशोसिएसनले पछिल्लो पटक दूधको मूल्य एकैपटक २३ रुपैयाँ बढाएको छ । पशुलाई खुवाउने चारा र इन्धनको मूल्य बढेकाले दूधको मूल्य पनि बढाउनु परेको एशोसिएसनले दाबी गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया