सुबास शर्मा-  नेपाली नयाँ वर्षको अवसर पारेर युएईको “दुबई”मा बिशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईमा रहेका नेपालीहरुलाई लक्षित गरेर यहीँ आउँदो शुक्रबार (अप्रील १९ ) मा बर दुबईको अल फहिदी मेट्रो नजिक रहेको “योर्क ईन्टरनेस्नल होटेल” मा आयोजना हुने कार्यक्रममा नेपालबाट चर्चित गायक ‘सुगम पोख्रेल, निशान भट्टराई, भरत सिटौला,प्रणिल तिमिल्सिना, गायिका सञ्जना श्रेष्ठका साथै चर्चित टेलि-शृंखला भद्रगोलबाट सार्बधिक चर्चा बटुलेकी मोडल तथा कलाकार रक्षा श्रेष्ठ सहभागी हुनेछन् । साथै कार्यक्रममा चर्चित भारतिय डान्सरहरुको नृत्य समेत रहने आयोजक टोलिले बताएका छन्।

नयाँ वर्षको अवसरमा प्रवासमा रहेका नेपालीहरु आफ्नै देशका कलाकारहको विभिन्न प्रस्तुति हेरेर रमाउन सकुन् भन्ने हेतुले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक मध्यका एक रबिन थापाले बताउनु भएको छ। शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने उक्त कार्यक्रमलाई सफल तुल्याउन आयोजकले युएईमा क्रियाशिल सम्पुर्ण सामाजीक,राजनितिक, क्षेत्रीय लगायत सबै संघ-संस्था तथा समासेवीहरुलाई सहयोगको अपिल समेत गरेको छ। छ घण्टासम्म चल्ने उक्त कार्यक्रमको ‘संचालन’ युएईमै रहेका ‘सञ्चारकर्मी’ सुबास शर्मा र मोडेल तथा नायिका रक्षा श्रेष्ठले संयुक्तमा गर्नेछन्।

तपाईको प्रतिक्रिया