काण्माण्डौ – केन्यामा १२ नेपाली युवती पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने खुलाईएको छैन । केन्याको रंगीला बारबाट बार सञ्चालक र १२ जना नेपाली युवती प्रहरीले पक्राउ गरेको हो । केन्याको रंगीला बार केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको छ ।

उक्त बारमा स्थानीय प्रहरीले छापामारी गर्दा १२ नेपाली युवती पक्राउ परेका हुन् ।नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया