सिड्नी – अष्ट्रेलियाको संघिय निर्वाचनमा नेपाली मुलका युवा उम्मेदार बनेका छन्। निर्वाचनमा सत्तारुढ दल लिबरल पार्टीले सिड्नीमा बस्दै आएका नेपाली मुलका २६ वर्षीय परमेज श्रेष्ठ उम्मेदार बनेका हुन् ।उनी अष्ट्रेलियामा हुने निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बन्नेछन् । निर्वाचन आगामी मे १८ तारिखमा हुन लागेको बताइएको छ ।

उनले निर्वाचनमा लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड अस्ट्रेलियाका बेन ल्यु सँग प्रतिस्पर्धा गर्नेछन् ।उनी अष्ट्रेलियाको संघिय निर्वाचनमा उम्मेद्वार सिफारिस गरिएका नेपाली मुलका पहिलो युवा हुन् ।बार्टनमा नेपाली समुदायको बाक्लो बस्ती रहेको बताइएको छ । सानै उमेरमा अष्ट्रेलिया आएका उनको सम्पूर्ण पढाइ अष्ट्रेलियामै भएको र त्यहा उनी पीजे श्रेष्ठका नामले चर्चित भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया