काठमाडौं – पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा निकै चर्चामा आएकी छिन् । केहि समय अघि अभिनेत्री प्रियंका चोपडा विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम चिनाउन सफल भएकी थिइन ।यसैक्रममा नायिका प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा गरेकी छन् । उनले अमेरिकाको न्यूयोर्कमा १०औ महिला सम्मेलनमा बोल्दै आफुलाई यौन शोषण भएको खुलासा गरेकी हुन् ।

उनले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको भन्दै त्यसबारे खुलासा गरेकी हुन् ।उनले उक्त सम्मेलनमा बोल्दै भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउछ, अब एकअर्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउछ ।’उनले भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ । हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै शर्म छैन ।

तपाईको प्रतिक्रिया